नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधिसम्बन्धी विधेयकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विरोधपत्र बुझाएको छ। पार्टीको एक टोलीले सहायक प्रमुख जिल्ला अधिकारी गाेलाेचन सैंजुलाई आइतबार विरोधपत्र बुझाएको हो।
विवादित प्रावधानहरु राखिएको भन्दै कांग्रेसले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विधेयक सच्याउन माग गरेको छ। नागरिकको फोन ट्यापिङ गर्न सक्ने प्रावधान राखिएको, सामाजिक सञ्जालमा व्यंग्य गर्दा ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्नुपर्ने लगायतका प्रावधानको कांग्रेसलगायत नागरिक स्तरमा समेत विरोध हुँदै आएको छ।

कांग्रेसले यसलाई संविधानविपरीत भन्दै पुस २८ मा देशव्यापी विरोधपत्र बुझाउने निर्णय गरेको थियो। विधेयका कतिपय बुँदाले संविधानले दिएको नागरिकको हक अधिकार हनन भएको कांग्रेसले आरोप लगाउँदै आएको छ।





सबै तस्बिरः प्रविन काेइराला/नेपालखबर

प्रतिक्रिया