नेपाली कांग्रेस केन्द्रीय समितिको अर्को बैठक आगामी असोज २ गते बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन्।
गत साउन २ गते सुरु भएको बैठक बुधबार (१० साउन) मा सकिएको छ।
बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्ने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो।
27
Shares

प्रतिक्रिया