राजनीति


एमालेले भन्यो : सुन तस्करीका भरिया थुनेको सरकारले मालिक पनि समातोस्

एमालेले भन्यो : सुन तस्करीका भरिया थुनेको सरकारले मालिक पनि समातोस्

एमाले संसदीय दलको बैठक। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन १०, २०८० बुधबार १४:१४, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत साता बुधबार बरामद भएको १०० किलो सुन तस्करीका मालिकलाई समात्न सरकारलाई दबाब दिएको छ।

बुधबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारले निष्पक्ष अनुसन्धान गरेर उक्त सुन तस्कारीका मालिकलाई समात्नुपर्ने निष्कर्ष निकालेको सांसद रघुजी पन्तले बताए। 

‘सुन तस्करीको सरकारबाट गम्भीरतापूर्वक छानबिन होस्। भरियालाई मात्रै होइन, सुन ल्याउने मालिकलाई समातोस्’, पन्तले बैठकपछि भने, ‘सुन तस्करीको प्रक्रियामा जो जो छन् उनीहरुलाई समात्नुपर्छ।’ 

उनले अहिले सुन तस्करीको अनुसन्धान गर्ने भन्दा केही मन्त्रीहरु हल्लाखल्लामा लागेको बताए। 

‘यो सरकार काम चाहिँ नगर्ने, मालिक को हो हुन् पत्ता नलगाउने’, उनले भने, ‘खाली मन्त्रीहरु ठूलो कुरा गर्ने, दोषी जो हो उसलाई कारबाही हुनुपर्छ।’

उनले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामाबारे संसद् बैठक सुरु भएपछि कुरा हुने पनि बताए। 

‘अहिले हामी के गर्छौँ भन्ने त्यसपछि थाहा हुन्छ’, उनले भने,‘पहिले हामी सरकारको जवाफ सुन्छौँ। त्यसपछि ठोस कदम हामी चाल्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad