ad ad

राजनीति


रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

रास्वपा सांसद सुमना श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै रास्वपा सांसद सुमना श्रेष्ठ। तस्बिर : रासस


नेपालखबर
असार ३१, २०८० आइतबार १७:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले संसद्मा दिएको अभिव्यत्तिप्रति नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाएका छन्। सांसद श्रेष्ठले संसदीय मान्यताविपरितको भाषा संसद्मा प्रयोग भएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन उनले माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा सांसद बजगाईंले आपत्ति जनाएका हुन्। 

‘सुमना श्रेष्ठज्यूले बहुमतको आधारमा पास गर्ने भए, गुण्डाशैलीमा पास गर्ने भए भन्ने अभिव्यक्ति दिनुभएका कारणले संसदीय मान्यताविपरितको भाषा भएको कारणले अविलम्ब डिलिट हुनुपर्छ भन्ने मेरो माग छ,’ सांसद बजगाईंले भने। 

यसअघि आजै बसेको बैठकमा सांसद श्रेष्ठले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफी दिने गरी आएको भन्दै आपत्ति जनाएकी थिइन्।

उनले राजनीतिको नाममा जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर जलाउनेलाई बचाउन यो विधेयक ल्याइएको दाबी गरिन्। 

‘इँटाभट्टामा मान्छे जिउँदै जलाउनेलाई बचाउन ल्याएको होरु एम्बुसलेन्सबाट थुतेर मान्छे मार्नेलाई बचाउन हो?’, उनले सोधिन्, ‘भाला रोपेर मान्छे मार्नेलाई बचाउन होरु यो विधेयक नेपालीको हितमा  छैन।’

सांसद बजगाईंले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरले अभिव्यक्ति हेरेर निर्णय लिने बताएका छ्न। 

‘मान्य सदस्यले उठाउनुभएको कुराप्रति ध्यानाकर्षण भएको छ। मान्य सदस्यको अभिव्यक्ति के आएको छ त्यसलाई हेरेर हामी निर्णय गर्नेछौं,’ सभामुख घिमिरेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .