ad ad

राजनीति


सरकारलाई सुमनाको प्रश्न : जिउँदै मान्छे इँटाभट्टमा हालेर पोल्नेलाई जोगाउन विधेयक ल्याएको हो?

सरकारलाई सुमनाको प्रश्न : जिउँदै मान्छे इँटाभट्टमा हालेर पोल्नेलाई जोगाउन विधेयक ल्याएको हो?

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८० आइतबार १७:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफी दिने गरी आएको भन्दै आपत्ति जनाएकी छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई बिरोध गर्नुपर्ने कारणबारे वक्तव्य दिँदै उनले यस्तो बताएकी हन्।

उनले राजनीतिको नाममा जिउँदै मान्छेलाई इँटाभट्टामा हालेर जलाउनेलाई बचाउन यो विधेयक ल्याइएको दाबी गरिन्। 

‘इँटाभट्टामा मान्छे जिउँदै जलाउनेलाई बचाउन ल्याएको हो? एम्बुसलेन्सबाट थुतेर मान्छे मार्नेलाई बचाउन हो?’, उनले सोधिन्, ‘भाला रोपेर मान्छे मार्नेलाई बचाउन हो? यो विधेयक नेपालीको हितमा  छैन।’

उनले यो विधेयक संविधानको धारा १, २१ र ४६ विपरीत रहेको पनि बताइन्। श्रेष्ठले संसद्‍ले बहुमतको आधारमा यो विधेयक पारित गरे यसविरुद्ध अदालत जान आह्वान गरिन्। 

‘यो शक्ति पृथकीकरणको सिद्धान्तविपरीत छ। बुँदागत रुपमा भन्नुपर्दा संविधानको धारा १, धारा २१ र धारा ४६ विपरीत छ। संविधानविपरीतको यो विधेयक कसरी कानुन मन्त्रालयको टेबलबाट पास भयो म जान्न चाहन्छु’, उनले भनिन्, ‘यो कानुनी सिद्धान्तविपरीत, मुलुकी अपराध संहिता दफा ४१ विपरीत पनि छ। यो सर्वोच्च अदालतबाट प्रतिपादित नजिरविपरीत छ। हामी जननिर्वाचित सांसदहरु छौँ।’

उनले नेपालमा हिंसाको च्याप्टर क्लोज भइसकेको भन्दै आगामी दिनमा हिंसालाई कुनै राजनीतिक दलको आडमा चोख्याउन नपाइने पनि बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .