ad ad

राजनीति


राष्ट्रपतिबाट बजेट प्रमाणीकरण

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण

नेपालखबर
असार ३१, २०८० आइतबार १४:१०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका तीनवटा विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

जसमा विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० रहेका छन्।

राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा गएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .