ad ad

राजनीति


सरकारले गर्‍यो ६ राजदूत सिफारिस, अब क्यानाडा बाँकी

सरकारले गर्‍यो ६ राजदूत सिफारिस, अब क्यानाडा बाँकी

फाइल तस्बिर : मन्त्रिपरिषद् बैठक


नेपालखबर
असार ३०, २०८० शनिबार ६:४६, काठमाडौँ

सरकारले राजदूतविहीन सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ।

स्रोतका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरेको हो। 

जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्। 

यसैगरी थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ। अब क्यानाडाका लागि राजदूत सिफारिस हुन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .