राजनीति


प्रधानमन्त्री भेट्न बालुवाटारमा अमेरिकी विदेशमन्त्री लु, सीतालाई दिए श्रद्धाञ्जली

प्रधानमन्त्री भेट्न बालुवाटारमा अमेरिकी विदेशमन्त्री लु, सीतालाई दिए श्रद्धाञ्जली

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार २९, २०८० शुक्रबार १९:९, काठमाडौँ

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। 

लुले प्रधानमन्त्री पत्नी स्व. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। 

उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं उत्रिएका हुन्।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका  थिए।

दुवैजनासँगको संवादमा उनको मुख्य चासोको विषय अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad