राजनीति


प्रधानमन्त्रीलाई पत्नीशोक परेपछि कांग्रेसको बैठक स्थगन

प्रधानमन्त्रीलाई पत्नीशोक परेपछि कांग्रेसको बैठक स्थगन

फाइल तस्बिर : सीता दाहाल


नेपालखबर
असार २७, २०८० बुधबार १०:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नीशोक परेपछि नेपाली कांग्रेसले आज राख्ने भनेको आफ्नो केन्द्रीय समितिको बैठक स्थगन गरेको छ। 

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डकी जीवनसंगिनी सीताको आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो। रोगले च्यापेपछि आजै बिहान उनलाई नर्भिक ल्याइएको थियो। 

माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार दाहालको निधनप्रति शोक व्यक्त गर्दै कांग्रेसले आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरेको पार्टीकी केन्द्रीय सदस्य विद्या तिमल्सिनाले जानकारी दिइन्।

यसअघि कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको थियो।

‘अब केन्द्रीय समितिको बैठक आगामी साउन २ गते दिउँसो १ बजे बस्ने सर्कुलर भएको छ’, कांग्रेस केन्द्रीय सदस्य तिमल्सिनाले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad