राजनीति


सरकारले जहाँ ताक्न खोजेको हो त्यहाँ लाग्नेवाला छैन : ओली

भ्रष्टाचार विरोधी अभियान चलाएर स्टन्ट गर्न खोजेको आरोप
सरकारले जहाँ ताक्न खोजेको हो त्यहाँ लाग्नेवाला छैन : ओली

तस्बिर : बालकोट


नेपालखबर
असार २६, २०८० मंगलबार १५:३५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएर स्टन्ट मात्र गर्न खोजेको आरोप लगाएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै मंगलबार ओलीले राष्ट्रिय राजनीतिमा अभियन भइरहेको टिप्पणी गरे। 

उनले कार्यकर्तालाई अभिनयभन्दा माथि उठ्न आग्रह गरेका छन्।

‘जनतालाई भ्रम दिएर वाहवाही बटुल्न खोजेको मात्र हो। यसबाट अरु केही हुँदैन। केही हुनेवाला छैन,’ ओलीले सम्बोधनको क्रममा भने, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन यीनिहरूले के गर्छन र? यिनिहरूले भकुण्डो भित्तामा हान्न खोज्छन्, फर्किएर आफैंतिर लाग्न खोज्छ।’

उनले कहिलेकाँही ढाँटेर पनि राजनीतिमा सफल होइने बताउँदै उक्त कुरा लामो समयका लागि नहुने बताए। 

‘ढाँटेर राजनीतिमा सफल होइन्छ, नेपालमा पनि त्यस्तो भएको छ। तर त्यो एकछिनलाई हो। सधैंलाई सफल हुन सक्दैन,’ ओलीले भने, ‘कन्ठ गरेको एउटा श्लोक सुनाएर एकछिनलाई के के न पढाइया जस्तो देखिन सक्छ। तर एकछिन कुरा गरेपछि कन्ठ गरेको हरफ पर्याप्त हुँदैन।’

उनले सरकारले अरुलाई हान्न खोज्दा आफ्नै टाउकोमा लाग्ने पनि बताए। 

‘अर्कोलाई हान्न खोज्छन्, तर आफ्नै टाउकोमा लाग्छ।  यो सबै स्टन्ट मात्र हो। जो सबैभन्दा बढी अविश्वसनीय छ उ नै विश्वासिलो हुन खोज्दैछ,’ ओलीले भने, ‘जो धैरै भ्रष्ट छ उही भ्रष्टाचार विरोधी। अहिले अभिनय गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा फिल्म हेरेको हो कि राजनीति हेरेको हो जस्तो भइरहेको छ। यो सबै अभिनय हो। हामी अभिनयभन्दा माथि उठ्नुपर्छ। हामी यथार्थ रुपमा देशप्रति, जनताप्रति, आन्दोलनप्रति, उद्देश्यप्रति निष्ठा हुनुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .