राजनीति


सभामुख र एमसीसी विवाद संसदीय दलको बैठकले टुंगो लगाउँछ : मन्त्री ढकाल

सभामुख र एमसीसी विवाद संसदीय दलको बैठकले टुंगो लगाउँछ : मन्त्री ढकाल

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ७:१६,

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सभामुख चयनको विवाद पार्टीको संसदीय दलको बैठकले टुंगो लगाउने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शुक्लागण्डकी नगर कमिटीले शुक्रबार तनहुँको दुलेगौँडामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री ढकालले सभामुख चयनको विवाद अब धेरै दिन नरहने बताए।

मन्त्री ढकालले सभामुख चयन हुन नसक्दा संसद् बन्धक बनेको चर्चा गर्दै पार्टीले सहमतिमै सभामुख उम्मेदवार चयन गर्ने जानकारी दिए।

मन्त्री ढकालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा धेरै चर्चा भएकाले एमसीसीको बारेमा पनि संसदीय दलमा छलफल गरिने बताए।

वर्तमान सरकारले गरेका राम्रा कामको पार्टीका कार्यकर्ताले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिँदै मन्त्री ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षालाई सार्थक बनाउन सरकार लागिपरेको उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .