राजनीति


भारतले इमरान खानलाई निमन्त्रणा पठाउने

भारतले इमरान खानलाई निमन्त्रणा पठाउने

नेपालखबर
माघ ३, २०७६ शुक्रबार ६:५०,

भारतले सांघाई कोअपरेसन फोरमको बैठकमा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्ता दिने भएको छ। फोरमको सरकार प्रमुखहरुको परिषद् बैठक यसैवर्ष भारतमा हुँदैछ।

भारतको निमन्त्रण स्वीकार गरेर बैठकमा जाने या नजाने भन्ने निर्णय भने पाकिस्तानले गर्न बाँकी रहेको जनाइएको छ।

भारतले फोरमको यस्तो बैठक पहिलो पटक आयोजना गर्न लागेको हो।

दक्षिण एसियाका परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच पछिल्लो वर्षदेखि तनाव झनै बढेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad