नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारीसकेकाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई एमालेले स्वीकारेको बताएका छन्।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहोर्याउने प्रतिवद्धता गरेकाले एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने बताए। उनले प्रधानमन्त्रीले गहिराईमा गएर जवाफ दिन भने नसकेको बताए।
प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको बताए।
उनले भने, ‘सारमा उहाँले मैले बोल्ने कुरामा त्रुटी गरेँ, मेरो भावना त्यस्तो थिएन भन्नुभयो, भविष्यमा यस्ता कमजोरी नदोहोर्याउने भन्नुभएको छ। यसलाई हामी स्वीकार गर्छौं। उहाँले गहिराइबाट जवाफ दिन सक्नुभएको छैन। गहिराइबाट जवाफ आएको छैन। उहाँको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएका छौँ।’
Shares

प्रतिक्रिया