गोली लागेर घाइते भई उपचार तथा क्षतिपूर्तिका लागि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडेका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि घाइते जैसीको अनशन तोडाएका हुन्।
वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो।
तर उपचारमा कुनै सहयोग भएको थिएन।
माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए। आजबाट भने वीरेन्द्र प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ।
हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले ब्यहोरेको छ।
अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया