ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डबारे योगेश : पारिवारिक पीडा देखाएर राष्ट्रघात गर्ने छुट छैन

प्रधानमन्त्री प्रचण्डबारे योगेश : पारिवारिक पीडा देखाएर राष्ट्रघात गर्ने छुट छैन

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८० सोमबार १७:५१, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले पारिवारिक पीडा देखाएर राष्ट्रघातमा छुट माग्न खोजेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहबारे गत असार १८ गते भावनामा आएर बोल्न पुगेको जवाफ सोमबारको संसद् बैठकमा दिएपछि योगेशले यस्तो बताएका हुन्।

प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा  नभइ स्वर्गीय छोरी ज्ञानु दाहालको बुवाका हैसियतले भावना बगेर प्रितमले आफूलाई सरकारमा लैजान पटक पटक दिल्ली धाएको भन्न पुगेको बताएका थिए। 

‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताकाबारेमा पुष्पकमल दाहालले व्यहोरेको पीडा संवेदनशील छन्’, योगेशले भनेका छन्, ‘उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ।’

तर प्रचण्डले प्रधानमन्त्रीका रुपमा भावनात्मक पक्ष अघि सारेर राष्ट्रघात गर्न नहुने योगेशले बताए।

‘तर प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चाहिँ छैन’, उनले भनेका छन्, ‘हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौँ। हामी अरु केही जस्तो निर्दयी होइनौँ र छैनौँ। देशको प्रधानमन्त्रीको अभिब्यक्ति र व्यवहारप्रति कठोर प्रश्न छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .