ad ad

कारोबार


कालिमाटीको आफ्नै जग्गामा खुल्दै जिम्बु थकाली, ३ गुणा बढी लागत

कालिमाटीको आफ्नै जग्गामा खुल्दै जिम्बु थकाली, ३ गुणा बढी लागत

नेपालखबर
असार २५, २०८० सोमबार १८:३, काठमाडौँ

जिम्बु थकालीले कालिमाटीमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ। 

अमेरिकाबाट नेपाल फर्किएर सुरु गरिएको जिम्बु थकाली सफल भएसँगै नयाँ शाखा सञ्चालनमा आउन लागेको हो। 

जिम्बु थकाली काठमाडौंको टंगाल, नयाँबानेश्वर र ललितपुरको झम्सिखेलपछि कालिमाटीमा खुल्न लागेको हो। 

जिम्बु थकाली खाना सेटको स्वाद र परिकारले बढी चर्चित छ। जिम्बु थकाली प्रायः खाली देख्न पाइँदैन। 

कालिमाटीमा जग्गा खरिद गरी जिम्बु थकालीको नयाँ आउटलेट निर्माण गर्न लागिएको शेरचनले बताए। 

‘कालिमाटीको जिम्बु अरु ३ वटा भन्दा फरक र ठूलो हुन्छ,’ सञ्चालक विवेक शेरचनले नेपालखबरसँग भने,‘अहिले सञ्चालनमा ल्याएका शाखा भन्दा ३ गुण बढी खर्च लाग्ने अनुमान रहेको छ।’

उनले अबको ८–९ महिनामा निर्माण सम्पन्न गर्ने बताएका छन्। कालिमाटी शाखा सञ्चालन आएसँगै थप सुविधा पनि उपलब्ध गराउने जानकारी दिए। 

जिम्बु थकाली थाली सेटमा चिकेन, मटन, फिस, ढिडो थाली सर्भ गर्दै आएको छ। त्यसबाहेक साइड चिकेन, मटन, फिस, अमलेट, भुटन, एग करी लगायत परिकार ग्रहाकलाई पस्किँदै आएका छन्। मःमः, एपिटाइजर, स्लाद, सुप, पिज्जा, पास्ता, वर्गर स्यान्डविससमेत मेन्युमा समावेश छन्। 

शेरचन १५ वर्ष अमेरिका बसेर फर्किएका हुन्। पाइलट अध्ययन गर्न अमेरिका पुगेका शेरचन लाइसेन्स लिए पनि हवाई सेवामा प्रवेश गर्न चाहेनन्। उनले अमेरिकामै होटल व्यवसाय क्षेत्रमा काम थालिसकेका थिए। 

पुर्ख्यौली थलो मुस्ताङको थाक खोलाका विदेशबाट फर्किएपपछि विवेकले व्यवसाय सुरु गरेका थिए। 

सुरुमा क्यापिटल ग्रिल रेस्टुरेण्ट चलाएका थिए। भूकम्पका कारण टंगालमा स्थानान्तरण गरेसँगै उनले थकाली परिकारलाई नै प्रवर्द्धन गर्दै आएका छन्। अहिले काठमाडौं उपत्यकामा जिम्बु थकाली चर्चित भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .