ad ad

राजनीति


सरकार भ्रष्टाचारको जरैसम्म पुग्छ, लोकन्त्रको सर्भिसिङ र शुद्धिकरण गर्छौँ : प्रधानमन्त्री

सरकार भ्रष्टाचारको जरैसम्म पुग्छ, लोकन्त्रको सर्भिसिङ र शुद्धिकरण गर्छौँ : प्रधानमन्त्री

संसद्‍मा सम्बोधनका क्रममा प्रधानमन्त्री। तस्बिर : सरोज बैजु


नेपालखबर
असार २५, २०८० सोमबार १७:१३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार थालेको भ्रष्टाचारविरुद्धको अभियान जरैसम्म पुर्‍याउने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा उनले सरकारको भ्रष्टाचारविरोधी अभियानमा सबै दलको साथ पनि खोजे।

‘सरकार भ्रष्टाचारविरोधी अभियानमा दृढ छ। हामी भ्रष्टाचार र अनियमितताको जरैसम्म पुग्छ’, उनले भने, ‘बरु तपाईंहरु सबैजनाले साथ दिनु होला।’

उनले सम्बोधनका क्रममा सरकार अहिले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरणमा लागिरहेको पनि बताए। 

‘सरकार अहिले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरणमा लागिरहेको छ’, उनले भने, ‘यस अभियानमा सरकार दृढताका साथ लागेको छ। दायाँबायाँ गर्नेवाला छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .