ad ad

राजनीति


‘पढ्दा पनि आङ सिरिङ हुने सतीप्रथा हाम्रा पूर्वज आमाहरूले कसरी खेपे होलान्’

‘पढ्दा पनि आङ सिरिङ हुने सतीप्रथा हाम्रा पूर्वज आमाहरूले कसरी खेपे होलान्’

नेपालखबर
असार २५, २०८० सोमबार १४:४४, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमान्‌को शवसँगै महिलालाई पनि जिउँदै जलाउने सतीप्रथा अन्त्य भएको आज (असार २५) को दिनले अमानवीय प्रथाविरुद्ध जागरणको सन्देश दिने बताएका छन्। 

वि.सं. १९७७ असार २५ अघिसम्म यो देशमा सतीप्रथाका नाममा पुरुषको मृत्यु हुनासाथ उसकी पत्नीलाई पनि एउटै चितामा राखेर जबर्जस्ती जलाइन्थ्यो।

जनस्तरबाट व्यापक विरोध भएपछि  चन्द्र शमशेरले १९७७ असार २५ मा सतीप्रथा अन्त्यको घोषणा गरेका थिए। त्यसयता पतिको मृत्यु भए पनि महिलाले जिउँदै जल्न नपरेको हो। 

यसै सन्दर्भमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले सतीप्रथा उन्मूलन दिवसले समाजका अमानवीय प्रथा र कुरीतिविरुद्ध जागरणको सन्देश दिने धारणा राखेका हुन्। 

क्रूर सतीप्रथाबारे ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘श्रीमान्‌को लाससँगै जल्नुपर्थ्यो। त्यस अमानवीय सतीप्रथा उन्मूलन भएको ऐतिहासिक दिन असार २५ गते। इतिहासको सूक्ष्म अध्ययन गर्दा हामी कैयौँ त्यस्ता घटना पाउन सक्छौँ, जसले बलजफ्ती वा झुक्याएर पनि जिउँदो मानिसलाई चितामा डढाएर खरानी बनाएका दृष्टान्त छन्। इतिहासमा पढ्दा पनि आङ सिरिङ्ग हुने यस्तो प्रथालाई हाम्रा पूर्वज आमाहरूले कसरी खेपे होलान्? सतीप्रथा उन्मूलन दिवसले समाजका अमानवीय प्रथा र कुरीतिविरुद्ध जागरणको सन्देश दिन्छ। जीवन्त समाजको लागि जागरण जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .