ad ad

राजनीति


निर्दोष कोही तर्सनु पर्दैन, दोषीलाई छुट हुनेछैन : गृहमन्त्री श्रेष्ठ

‘अनि सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन, त्यस्तो अपेक्षा नगरौँ’
निर्दोष कोही तर्सनु पर्दैन, दोषीलाई छुट हुनेछैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ


नेपालखबर
असार २५, २०८० सोमबार ७:३६, काठमाडौँ

नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दाेष व्यक्तिलाई नडराउन आग्रह गरेका छन्। 

तर दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले जनाएका छन्। साथै कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने चेतावनी पनि उनले दिएका छन्।   

‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन।’

उनले अगाडि लेखेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .