ad ad

राजनीति


दुई तिहाइको सरकार देशका लागि घातक बन्यो : रवि लामिछाने (भिडिओ)

दुई तिहाइको सरकार देशका लागि घातक बन्यो : रवि लामिछाने (भिडिओ)

नेपालखबर
असोज १५, २०८१ मंगलबार १८:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताएका छन्।

मंगलबार प्रतिनिधि अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले वर्तमान दुई तिहाईको (कांग्रेस–एमाले) को सरकार घातक भएको बताएका हुन्। 

उनले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरूले विरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरेका हुन्। 

‘यहीँ हुनुहुन्छ माननीयज्यूहरु त्यतिबेला राजु सदाको कोभिडले मृत्यु हुँदा यो मृत्यु भएको होइन राज्यले हत्या गरेको भन्नुभएको थियो। त्यो ढंगको प्रतिक्रिया हुनुपर्‍यो नि। त्यो ढंगको अर्जेन्सीको महसुस हुनुपर्‍यो नि। त्यसको महसुस भएर त्यही अनुसारको अभिव्यक्त हुनुपर्‍यो नि। ताकि भोलिका दिनमा यस्तो चिज नहोस् भनेर। दुई तिहाइको सरकार घातक छ। एउटा प्रतिपक्षमा बस्नुपर्छ ठूलो पार्टी। नत्र यस्तै हुन्छ। शान्त हुन्छ। केही पनि नभएजस्तो हुन्छ,’ सभापति लामिछानेले भने।

उनले कांग्रेस–एमालेका सांसदहरुप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरुको अहिले भने स्वर सुकेको बताए।

उनले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने जिकिर गरे। 

दुई ठूला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने बताउँदै सभापति लामिछानेले सरकारले रात्रिकालिन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैरजिम्मेवारपूर्ण काम गरेको बताए।

‘मैले त्यतिखेर (गृहमन्त्री हुँदा) एक्सन रुमबाट राम्रो तयारी गरेको थिएँ। त्यसको निरन्तरता भएन। त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो। प्रदेशभर राखिएको थियो। हेल्प सेन्टर राखिएको थियो। ती कुनै चिजको कार्यान्वयन भएनन्। राति गाडी नगुडाउनु भन्ने सूचना आयो। ट्राभल एडभाइजरीले बाटोमा गाडी रोक्छ? ट्राभल एड्भाइजरी जारी गरेपछि त्यसको अक्षरशः पालना गर्नुपर्छ भनेर कसलाई भनियो? कहाँ परिपत्र भयो?,’ उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .