ad ad

राजनीति


रवि लामिछानेको आरोप- तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजे

रवि लामिछानेको आरोप- तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजे

नेपालखबर
असार २४, २०८० आइतबार १८:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले संसदलाई कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताए।

‘सरकार अथवा ठूला दलहरू बीचको भागबन्डाको विषय नै होइन संसद।प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो,’ उनले भने, ‘पहिलो पटक भएको छैन यस अगाडी पनि भएको थियो। त्यतिखेर पनि हामी चुपचाप बस्यौँ। ठिकै छ भनिरह्यौँ। तर यो गर्न पाइँदैन। यो गलत हो। संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनुपर्ने हुन्छ।’
उनले तीन राजनीतिक दलहरुका बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

‘सदन तीन नेताको होइन।  सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कयौँ सवालमा कुराकानी
गर्नुपर्नेछ। उहाँहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो,’ उनले भने, ‘नमिल्दाखेरी संसद नचल्ने भयो। संसदमा स्वतन्त्र रुपमा जितेर आउनुभएको मानीय ज्यूको पनि उत्तिकै भूमिका रहन्छ। संसदलाई संसदजस्तो बनाउनुपर्छ।’

उनले दलहरूले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने बताए। उनले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह गरे।

‘जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन्।
सरकारले एक त बिजनेश नै दिन सकिरहेको छैन। सरसल्लाहमा बसेर अनुमति लिएर मात्रै गर्ने भन्ने? जे मुद्दा छ संसदमा लिएर आउने। संसदमा कुरा गरौँ,’ उनले भने।

उनले आफूहरु मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको बताए। 

आफूहरु मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उनले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताए। 

‘हामीले यत्ति कुरा भनेका हौँ कि यो महत्वपूर्ण अध्यादेशमार्फत आएको मिटरब्याजसम्बन्धी विषय थियो। यसको पक्षमा हामी थियौँ। सरकारले यस्तो महत्वपूर्ण कुरालाई अन्तिम दिनमा ल्याएर के गर्न खोजेको हो?,’ उनले भने, छहामी सिरियस छौँ चाहीँ भन्ने त्यो अन्तिम दिनमा ल्याउनु के जरुरी थियो? संसद त विभिन्न कारणले अवरुद्ध हुन पनि सक्ला। अन्तिम दिनमा ल्याइसकेपछि त्यो जिरोमा जान्छ,’ उनले भने।

सभापति लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने भाष्य निर्माण गरिएको बताए।

‘देखाउनका लागि जनप्रिय बन्नका लागि हामीले ल्यायौँ नि मिटर ब्याजको लागि भन्ने अनि प्रतिपक्षले गर्न दिएन भन्ने? सबै प्रतिपक्ष एउटै होइनन्। धेरै प्रतिपक्ष छन्। हामी आफ्नो मुद्दामा छौँ। कहिलेकाही प्रतिपक्षकाबीच कमन मुद्दाहरु हुन्छन् ति अलग कुरा हुन्। हामीले अहिले के भनेका हौँ भने संसद सुचारु रुपमा चलोस्। प्रधानमन्त्रीले जवाफ दिनुप¥यो। प्रधानमन्त्रीले अत्यन्त गम्भिर विषय उठाउनुभयो। यो अत्यन्त अशोभनिय विषय भयो,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .