ad ad

राजनीति


कांग्रेसको नजरमा विवादित अभिव्यक्ति दिने प्रधानमन्त्री र संसद्‍ रोक्ने एमाले दुवै गलत

कांग्रेसको नजरमा विवादित अभिव्यक्ति दिने प्रधानमन्त्री र संसद्‍ रोक्ने एमाले दुवै गलत

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८० आइतबार १८:२९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन्। 

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताए। 

प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउने गरी बोल्न नमिल्ने बताए। 

त्यस्तै प्रतिपक्षी नेकपा(एमाले)ले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको बताए। उनले स्थिर सरकारको परिकल्पना गरेर पाँच-पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताए। 

महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीकको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनेर विगतको स्मरण गराए।

‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदहरुको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउने गरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन। प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दा कमजोरीभएकै हो’, उनले भने, ‘सार्वजनिक रुपमा प्रतिपक्ष दलले किन हामी सत्तारुढ पार्टीकै कयौँ सांसदले पनि प्रधानमन्त्रीबाट गल्ती भएको हामीले भनेकै हौँ। बोल्न हेक्का पुर्‍याउने कुरा जसरी प्रधानमन्त्रीबाट भएन। त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच-पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्नेगरी राजीनामा माग्ने काम पनि नेकपा(एमाले) बाट बेठिक भएको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .