राजनीति


प्रधानमन्त्रीलाई योगेशको प्रश्न- जवाफ तयार गर्न कतै सोध्नुपर्ने हो कि?

प्रधानमन्त्रीलाई योगेशको प्रश्न- जवाफ तयार गर्न कतै सोध्नुपर्ने हो कि?

नेपालखबर
असार २४, २०८० आइतबार १५:५८, काठमाडौँ

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ सुन्न संसद भव पुग्नेबित्तिकै बैठक स्थगित भएको सूचना आएको बताएका छन्। 

उनले प्रधानमन्त्रीकै जवाफ सुन्न संसद् भवन पुग्नेबित्तिकै बैठक स्थगित भएको सुनेको भन्दै किन सारिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्। 

‘हामी त प्रधानमन्त्रीको जवाफ सुन्न संसद भवन पुगेका मात्र थियौं। प्रधानमन्त्रीकै अनुरोधमा आजको बैठक भोलि असार २५ गतेलाई सारिएको सूचना आयो,’ योगेशले कटाक्ष गर्दै भनेका छन्, ‘जवाफ तयार गर्नुअघि कतै सोध्नु पर्ने हो कि? किन सारिए छ? कोनि?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। 

अवरुद्ध संसद बैठक खुलाउन आइतबार बिहान तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्रीको अभिव्यक्ति सुन्न नेकपा एमाले तयार भएको थियो। 

तर, गृहमन्त्रीको अभिव्यक्ति र प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको विज्ञप्ति फिर्ता लिनुपर्ने नयाँ सर्त एमालेले अघि सारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad