ad ad

राजनीति


सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ : मेयर बालेन्द्र

‘भारतीय गुलामहरूले देश चलाउँदैछ, म मात्र विरोधमा?’
सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ : मेयर बालेन्द्र

नेपालखबर
असार २१, २०८० बिहिबार २१:२२, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको बताएका छन्। 

सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर बालेन्द्रले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका हुन्। 

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा,’ बिहीबार साँझ उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र बिरोधमा? र म मात्र अदालतको अवहेलनामा? सबै जना मरेका लासहरू हुन?’

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको आलोचना भइरहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .