ad ad

गण्डकी


आधिकारिक उम्मेदवारविरुद्ध लाग्नेलाई कारबाहीको तयारीमा कास्की एमाले

३५ प्रतिशतले गरेनन् सदस्यता नवीकरण
आधिकारिक उम्मेदवारविरुद्ध लाग्नेलाई कारबाहीको तयारीमा कास्की एमाले

नेपालखबर
असार २१, २०८० बिहिबार २१:२६, पोखरा

एमाले कास्कीले गएको मंसिरमा सम्पन्न चुनावमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्नलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

एमाले कास्कीको बिहीबार सम्पन्न नवौं पूर्ण बैठकले ‘निर्वाचनमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्न व्यक्तिलाई कारबाहीको लागि सम्बन्धित मातहत कमिटीको सिफारिस अनुसार कारबाहीको लागि स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए।

गएको स्थानीय निर्वाचनमा नेता÷कार्यकर्ताको ठूलो पंक्ति आधिकारिक मेयरका उम्मेदवार कृष्ण थापाको विरुद्धमा उभिएको एमाले कास्कीमा उजुरी परेको छ। उपमेयरमा आधिकारिक उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुँदा मेयरमा भएको पराजयले एमाले कास्कीमा भुइँचालो नै आएको थियो।

उम्मेदवार कृष्ण थापा स्वयंले अन्तरघातका कारण पराजय व्यहोर्नुपरेको अभिव्यक्ति दिएका थिए। पार्टीले को र कति जनासँग स्पष्टीकरण सोध्दैछ भन्ने कुरा चाहिँ स्पष्ट पारेको छैन।

चुनावकै बेला कृष्ण थापालाई हराउनुपर्ने भन्दै एमाले कार्यकर्ताको अडियो संवाद बाहिरिएको थियो। 

बैठकले जिल्लामा क्रियाशील जनसंगठनहरुमध्ये अवधि पूरा भएका जनसंगठनको अधिवेशन÷सम्मेलन मंसिर महिनाभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ भने जिल्ला कमिटीको अधिवेशन माघ महिनाको लागि तय भएको छ। 

पार्टीका केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टको प्रमुख आतिथ्यता, स्थायी कमिटी सदस्य खगराज अधिकारी तथा कास्की ईञ्चार्ज थममाया थापाको विशेष आतिथ्यतामा बसेको बैठकमा कास्कीमा ६५ प्रतिशतले मात्रै पार्टी सदस्यता नवीकरण गरेको जानकारी पनि दिइएको थियो।

एमालेले कास्कीमा १० हजारको हाराहारीमा क्रियाशिल सदस्य भएको दाबी गर्दै आइरहेको छ। पछिल्लो चरणमा सदस्यता नवीकरण गर्नेहरू घटेका छन्। 

बैठकले निर्मल खत्रीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन पनि गरेको छ।  यस्तै बैठकले सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, सबै २६ वटा विभागहरुलाई पूर्णता दिने, विभिन्न २२ जनसंगठनको फाँटको जिम्मेवारीसहितको कार्यविभाजन गर्ने, पार्टी एकता प्रक्रियाबाट आएकाहरुलाई विभिन्न कमिटीमा १० प्रतिशत मनोनयन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .