राजनीति


राजावादीको सक्रियता र प्रचण्डको धार्मिक यात्राले झस्किए बाबुराम

राजावादीको सक्रियता र प्रचण्डको धार्मिक यात्राले झस्किए बाबुराम

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार १२:४३, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई राजसंस्था पक्षधर दलको चुनौती, पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र शीर्ष नेताको धार्मिक यात्रालाई लिएर झस्किएका छन्।

गणतन्त्र उल्टिन सक्ने भन्दै उनले यस्ता गतिविधिलाई सामान्य रुपमा लिन नहुने बताएका छन्।

बुधबार एक टक शोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले कांग्रेस-कम्युनिष्टलाई बोकाएरै राजतन्त्र ल्याउने अभिव्यक्ति दिएका थिए। उनले कट्टर राजावादी दलका प्रमुखले ठूला दलका ठूला नेताकै काँधमा बोकाएर गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायत सबै लोकतान्त्रिक उपलब्धी उल्ट्याइन्छ भन्नुलाई ‘छोटी मुॅह बढी बात’भनेर पन्छाउन नमिल्ने उनले बताएका छन्।

गएको वैशाखमा भएको पूर्वराजा ज्ञानेन्द्रको लखनउ भ्रमण र शीर्ष तीन नेताका पछिल्ला गतिविधिबारे बेलैमा सतर्क हुनुपर्ने उनको भनाइ छ।

'कट्टर राजावादी दलका प्रमुखले प्रतिष्ठित मिडियाकर्मीसाग अहिलेका ठूला दलका ठूला नेताकै काँधमा बोकाएर गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायत सबै लोकतान्त्रिक उपलब्धी उल्ट्याइन्छ भन्नुलाई ‘छोटी मुँह बढी बात’ भनेर पन्छाउन नमिल्ला,' उनले भनेका छन्।

अगाडि उनले थपेका छन्, 'गत वैशाखको पूर्व राजाको लखनउ मन्त्रणा, हालै प्रमको उज्जैनदेखि पशुपतिनाथसम्मको दौड, पूर्व प्रमद्वारा पशुपतिमा जलहरी, अर्का पूर्वप्रम पत्नीको राखी प्रकरण लगायतलाई जोडेर हेर्दा चित्र गम्भीर बन्न पुग्छ। भनिन्छ-नरक जाने बाटो राम्रै नियतले बनाइन्छ। सबै बेलैमा सतर्क रहौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad