राजनीति


आज मुलुकी संहितासम्बन्धी ऐन संशोधन गर्ने विधेयक पारित गर्ने तयारी

आज मुलुकी संहितासम्बन्धी ऐन संशोधन गर्ने विधेयक पारित गर्ने तयारी

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८० बुधबार ११:२७, काठमाडौँ

आज (बुधबार) संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का बैठक बस्दै छन्। 

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे सुरु हुने छ। 

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

यसैगरी आज प्रतिनिधि सभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ बारे प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने उक्त विधेयक पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूचीमा पनि छ। 

यस्तै आजै दिउँसो साढे २ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ। आजको बैठकमा विनियोजन विधेयकबारे छलफल जारी रहनेछ। यसअन्तर्गत आज विधेयकका विभिन्न शीर्षकमध्ये पाँच मन्त्रालयको विनियोजनबारे छलफल हुनेछ।  

सार्वजनिक सम्भावित कार्यसूचीअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयका विनियोजनबारे छलफल गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .