ad ad

राजनीति


संसदीय समितिहरू सभापतिविहीन : सभामुखले गरे शीर्ष नेताहरुसँग संवाद

संसदीय समितिहरू सभापतिविहीन : सभामुखले गरे शीर्ष नेताहरुसँग संवाद

सिंहदरबारमा भएको शीर्ष नेताहरुको छलफल। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
असार १९, २०८० मंगलबार ११:५३, काठमाडौँ

सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताहरुको बैठक बसेको छ।

मंगलबार बिहान ११ बजे सिंहदरवारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शीर्ष नेताहरु जुटेका हुन्। 

उक्त वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ , प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्। 

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुने बताइएको छ। 

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। 

गठन गरिएको दुई सातापछि जेठ २ गते एकसाथ १० वटै समितिका बैठक सुरु भएका छन्। तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकबारे छलफल गर्न सकेका छैनन्। 

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .