राजनीति


समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा

समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा

नेपालखबर
असार १८, २०८० सोमबार १९:५५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताएका छन्।

सोमवार काठमाडौंमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दुराष्ट्रः अवधारणा र औचित्य अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताए।

सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गरे। उनले सबै सुखी हुन्, सबै समान हुन्, कोही पनि दुःखी र रोगी नहुन् भन्ने कुरा वैदिक कालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरु र संविधानमा लेखिरहनुको अर्थ नरहेको जिकिर गरे।

उनले भने, ‘आजकाल अधिकांश राजनीतिक पार्टीहरु समाजवाद भन्छन्। हुँदा हुँदा हाम्रो संविधानमा नै समाजवादउन्मुख लेखिएको छ, त्यो आवश्यक नै थिएन। सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया। सबै सुखी हुन्, कोही दुःखी नहुन्, कसैले दुःख नपाओस् भन्ने मान्यता नै हाम्रो वैदिक मान्यता हो। यही हो समाजवाद भनेको। जहाँ समानता हुन्छ। समाजवादको उच्चतम परिभाषा भनेकै सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया हो। यो भन्दा अर्को उच्चतम, उत्कृष्ट परिभाषा हुनै सक्दैन।’

उनले प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताए। उनले हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने नभइ त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने बताए।

अध्यक्ष उदार आर्थिक मान्यतालाई उपलब्धिको रुपमा लिने गरेको भएपनि यो कुरा वैदिक कालमा नै चर्चा भइसकेको बताए।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad