ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८० सोमबार १३:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ महिनामा उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्। 

कैलालीको धनगढीमा प्रेस युनियनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन्। 

साउदका अनुसार आगामी सेप्टेम्बर अर्थात् भदौ महिनामा चीन भ्रमणमा जाने गरी प्रधानमन्त्रीको कार्यक्रम तयार भइरहेको छ।

‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ। सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा केही उपलब्धि हुनेछ’, उनले भने, ‘उत्तरतिर चीन आर्थिक र राजनीतिक रुपमा पनि उदाएको छ। चीनको विकासको छलाङलाई नेपालमा पनि उपयोग गर्न सक्नुपर्छ।’

साउदले अहिले पनि नेपालले भारतसँग दुईतिहाइ व्यापार गरिरहेको बताएका छन्। ‘सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ। पारवहनका लागि चीन र तेस्रो मुलुकबाट हुने व्यापार हिन्द महासागरबाट हुन्छ’, उनले भने, ‘चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट लाभ लिन सक्छौँ।’ 

उनले दल विशेषको परराष्ट्र नीति र नेता विषेशको  सम्बन्ध भएर नहुने बताउँदै अब सबैलाई स्वीकार्ने परराष्ट्रनीति बनाउने पनि जानकारी दिए। 

‘विगतमा केही कमीकमजोरी भएका छन्। अहिले हामी त्यसलाई सच्याएर जाँदैछौँ। सबै दललाई स्वीकार्य हुने परराष्ट्र नीति बनाउँदैछौँ’, उनले भने। 

परराष्ट्रमन्त्री साउद

गत जेठ १७ देखि २१ सम्म भएको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि केही ठूला उपलब्धि भएको उनले दाबी गरे।

‘भारतले १० हजार मेगावाट बिजुली किन्न तयार छ भनेर एमओयू गरेको छ’, उनले भने,  ‘प्रधानमन्त्रीजीको चीन भ्रमण पनि हुँदैछ।’

उनले आफू सोमबारै अजरबैजान जान लागेको पनि  बताए। 

‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ। सैनिक गठबन्धनमा पनि तटस्थ छ। अजरबैजानको बाकुमा हुने परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा आजै जाँदैछु’, उनले भने, ‘असंलग्न आन्दोलनलाई चिनाउन पनि म कुरा उठाउने छु।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .