राजनीति


प्रदेशको नामाकरण आफैँ गर्छौं, केन्द्रसँग हार-गुहार गर्दैनौंः मुख्यमन्त्री राई

प्रदेशको नामाकरण आफैँ गर्छौं, केन्द्रसँग हार-गुहार गर्दैनौंः मुख्यमन्त्री राई

नेपालखबर
माघ २, २०७६ बिहिबार ९:१०,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरणका लागि प्रदेशसभा सक्षम रहेको भन्दै केन्द्रसँग सहयोग नमाग्ने बताएका छन्।

मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि केन्द्रीय नेतृत्वसँग सहयोगको माग नगरेको बताए।

‘माघको दोस्रो साताबाट प्रदेशसभाको बैठक आह्वान गर्दैछौं। त्यो साढे दुई महिना जति चल्छ। यही अधिवेशनले प्रदेशको नाम तोक्ने छ,’ राईले नेपालखबरसँग भने, ‘हामीले हार-गुहार कतै गरेका छैनौँ। यो प्रदेशसभाको अधिकारको विषय हो। प्रदेशसभा नाम तोक्न सक्षम रहेको छ।’

उनले प्रदेशको राजधानी बिराटनगर बनाएजस्तै नाममा पनि सर्वसम्मत बनाउका लागि प्रदेश सरकारले समन्वय गरिहेको बताए। प्रदेश ३ (हालको बागमती प्रदेश) तीनमा नाम र राजधानीका विषयमा सांसदहरुबीच सर्वसम्मत हुन नसकेपछि नेकपा सचिवालयले केन्द्र हेटौँडा र प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको थियो ।

हेराैँ भिडियो

यले संम्बत ५०८० को अवसरमा किरात राई यायोक्खाले राजधानीमा आयोजित कार्यक्रममा सहभागी हुन संघीय राजधानी काठमाडौँ आएका मुख्यमन्त्री राईले प्रदेशसभाका सबै सदस्यहरुलाई स्वविवेकले नाम प्रस्ताव गर्न पाउने बताए।

‘हामीले नाम सर्वसम्मत वा मतदानको प्रक्रियाबाट टुंग्याउनु पर्ने पनि हुनसक्छ,’ मख्यमन्त्री राईले भने, ‘तर, सदस्यहरुलाई नाम सिफारिस गर्न पाउने अधिकारबाट भने वञ्चित गर्दैनौँ।’ उनले त्यसका लागि आफूले संयोजनको भूमिका खेलिरहेको बताए।

पहिलो किराँती राजा यलम्बरको शासन शुरु भएको दिनलाई आधार मानेर किराँतहरुले नयाँ वर्ष बनाउने गर्छन्।

सोही अवसरमा आयोजित कार्यक्रममा बोल्ने किरात सांसदहरुले प्रदेश १ को नाम किरातबाट हुनुपर्ने माग गरेका थिए। त्यस विषयमा मुख्यमन्त्रीले कुनै सम्बोधन भने गरेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad