ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार १ सय ५६ मेगावाट क्षमताको रोल्पाको माडी जलाशययुक्त जलविद्युत् आयोजनाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। आयोजना क्षेत्र माडीचउरमा सम्पर्क कार्यालय उद्घाटन गरेको मन्त्रीको सचिवालयले जनाएको छ।
उक्त आयोजनाको कार्यालय स्थापनासँगै सम्भाव्यता अध्ययन समेत सुरु भएको छ। प्रदेश ५ कै ठूलो आयोजनाका रुपमा हेरिएको उक्त आयोजनामा चिनियाँ कमपनीहरु पावर चाइना र नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको लगानी रहने बताइएको छ। गत असोजमा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका दौडान दुई कम्पनीले लगानी गर्ने सम्झौता भएको थियो।
यो आयोजना निर्माणले प्रदेश ५ को विकासमा महत्वपूर्ण योगदान दिने उनले बताए। ऊर्जामन्त्री पुनका अनुसार यो प्रदेश ५ को गेमचेन्जर परियोजना हुनेछ। आयोजनाको सम्भाव्यता अध्ययन गर्न २ वर्ष लाग्ने बताइएको छ।
Shares

प्रतिक्रिया