ad ad

राजनीति


नक्कली शरणार्थी तथा ललिता निवास प्रकरणविरुद्ध सरकार थप तीव्रताका साथ अघि बढ्छ : प्रचण्ड

नक्कली शरणार्थी तथा ललिता निवास प्रकरणविरुद्ध सरकार थप तीव्रताका साथ अघि बढ्छ : प्रचण्ड

नेपालखबर
असार १६, २०८० शनिबार १३:५५, गण्डकी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरण, ललिता निवास काण्डलगायत भ्रष्टाचारविरुद्धका अनुसन्धान नरोकिने बरु थप तीव्रताका साथ अघि बढ्ने बताएका छन्। 

शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको अभियानमा सरकार दृढ रहेको बताएका हुन्। 

‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ’, उनले भने, ‘थप तीव्रताका साथ अघि बढ्छ।’

प्रहरीले आफ्ना तर्फबाट अनुसन्धान गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रहरीलाई सरकारले आवश्यक निर्देशन दिइरहेको बताए। 

‘यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .