ad ad

राजनीति


कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् : केसी (भिडिओ)

कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् : केसी (भिडिओ)

नेपालखबर
असार १५, २०८० शुक्रबार १८:३५, काठमाडौँ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली आफ्नो पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेका बताएका छन्।

शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिनेका बताए।

‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन्। भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्। विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन्,’ उनले भने, ‘त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजीरहेका छन्।’

उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका बताए। उनले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र बिचार लिएर अगाडी बढेमा भविष्य चुनौतिपूर्ण हुने बताए।

‘जनता विकल्प खोज्छन्। कसैलाई कुरेर बस्दैनन्। हामी अहिलेजस्तै नीति, अहिलेजस्तै नेतृत्व, अहिलेजस्तै विचार र अहिलेजस्तै बासी बानि, बासी प्रवृत्ति लिएर अगाडी बढ्यौँ भने आउने परिस्थिति कांग्रेसको निम्ति अत्यन्त चुनौतिपूर्ण हुन्छ। त्यो लोकतन्त्रको निम्ति पनि चुनौतिपूर्ण हुन्छ,’ केसीले भने।

नेता केसीले कांग्रेसभित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले आफूहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए।

‘नेपाली कांग्रेसभित्र वैचारिक पुनःजागरणको एउटा नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता छ। नत्रभने हामी गम्भिर चुनौतिको बेलामा छौँ। पार्टीभित्र आएका चुनौति, पार्टीभित्र लागेका दोषारोपणहरु, यो समग्र रुपबाट एक ठाउँमा उभिएर नयाँ बिचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली जनतालाई भन्ने र हामीले जे गल्ती गरेका छौँ,’ उनले भने,‘ यहाँनिर चाहीँ गल्ती भएको हो है अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढंगले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौति छ। पार्टीलाई पनि चुनौति छ।’

उनले राष्ट्र र लोकतन्त्रलाई गति दिनको निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताए। 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .