राजनीति


सचिव भट्टराईलाई इलाममा भएको अभद्र व्यवहारप्रति एमालेको आपत्ति

सचिव भट्टराईलाई इलाममा भएको अभद्र व्यवहारप्रति एमालेको आपत्ति

नेपालखबर
असार १५, २०८० शुक्रबार ६:५५, काठमाडौँ

नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईलाई भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ति जारी गरी मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा बिहीबार इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा भट्टराईलाई अभद्र व्यवहार भएकोप्रति आपत्ति जनाएका हुन्। 

‘संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेशसभाको दुईतिहाइ बहुमतबाट भएको कोशी प्रदेश नामकरणमा असहमति राख्ने समूहले एमाले र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो शृङ्खलाका रूपमा बिहीबार इलाममा सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको एमालेले निन्दा गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad