ad ad

राजनीति


एउटै जहाज चढेर धान दिवस मनाउन चितवन झरे ओली र रवि

एउटै जहाज चढेर धान दिवस मनाउन चितवन झरे ओली र रवि

भरतपुर विमानस्थलमा जहाजबाट ओर्लंदै एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछाने।


नेपालखबर
असार १४, २०८० बिहिबार १९:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन पुगेका छन्। शुक्रबार (१५ असार) धान दिवसको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी हुन उनीहरू चितवन गएका हुन्। 

बिहीबार दिउँसोसम्म राजधानीका विभिन्न कार्यक्रममा सरिक भएका ओली बुद्ध एयरको विमानमार्फत चितवन पुगेका हुन्। ओलीसँगै रास्वपा सभापति लामिछाने पनि एउटै जहाज चढेर चितवन पुगेका हुन्। 

उनीहरु बुद्ध एयरको ९एन–एआईएन कल साइनको विमानमा भरतपुर विमानस्थल अवतरण गरेका हुन्। 

चितवन लामिछानेको निर्वाचन क्षेत्र रहेको जिल्ला पनि हो। 

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला चितवन भएकाले आफूले चितवनमा असार १५ मनाउने निर्णय गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .