ad ad

राजनीति


विचारबिनाका पार्टीहरूको लहर चलिरहेको छ : केपी ओली

विचारबिनाका पार्टीहरूको लहर चलिरहेको छ : केपी ओली

नेपालखबर
असार १४, २०८० बिहिबार १७:९, काठमाडौँ

नेकपा एमालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरुको लहर चलेको बताएका छन्।

बिहीबार मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार् नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन्। 

‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ,’ ओलीले भने, ‘विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ।’

विचारबिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको पनि उनले टिप्पणी गरे। राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए।

‘योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने?’, ओलीले भने, ‘महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् तर हामी बिना इतिहास समाज यहाँ आएको छैन। धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो। आज पनि समाज अनेकप्रकारका रस्साकस्सीकाबीचबाट अघि बढेको छ। यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ।’

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .