नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोर्चाहरूको हारले युद्धको हार नहुने टिप्पणी गरेका छन्। मदन भण्डारीको ७२ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
‘मोर्चाहरुको हारले युद्धको हार हुँदैन। एउटा मोर्चामा होरियो भन्दैमा एक समयमा अलिकति ब्याक भयो भन्दैमा सत्य पराजित भएको हुँदैन,,’ ओलीले भने।
आफ्नो पार्टी नेकपा एमाले अझैपनि पराजित नभएको उनले दाबी गरे। ‘हामी पराजित भएका छैनौं, सत्यमा अडिएर समायनुकुल परिवर्तन गरेर अघि बढ्नुपर्छ भनेर एकजना नेतृत्व निस्किनुभयो, जसलाई हामी मदन भण्डारी भन्छौं,’ ओलीले भने, ‘जसको आज ७२ औं जन्मजयन्ती। उहाँको अगुवाइमा जुन जनताको बहुदलीय जनवाद आयो त्यसको आधार आयामहरु त्यसका विशेषहरुको बारेमा छलफल गर्न हामी चाहिरहेका छौं।’
27
Shares
प्रतिक्रिया