ad ad

कला


आदिपुरुषबारे भारतीय सेन्सर बोर्डलाई अदालतको प्रश्न - यस्तो फिल्म कसरी पास भयो ?

आदिपुरुषबारे भारतीय सेन्सर बोर्डलाई अदालतको प्रश्न - यस्तो फिल्म कसरी पास भयो ?

नेपालखबर
असार १४, २०८० बिहिबार ११:१३, काठमाडौँ

इलाहाबाद उच्च अदालतले आदिपुरुष सेन्सर बोर्डबाट पास हुनु त्रुटीपूर्ण भएको बताएको छ।

उच्च न्यायालयको लखनउ बेन्चले बुधबार लगातार तेस्रो दिन फिल्म आदिपुरुषमा आपत्तिजनक संवादको विषयमा सुनुवाइ गरेको थियो।

अदालतले रामायणका पात्रलाई हिन्दूहरूले पूजा गर्ने गरेको तर फिल्ममा ठट्टाको रूपमा देखाइनु आपत्तिजनक भएको बतायो।

अदालतले सेन्सर बोर्डलाई फिल्म कसरी पास भयो भनेर प्रश्न समेत गरेको छ।

सुनुवाइका क्रममा फिल्म पास गरेर सेन्सर बोर्डले गल्ती गरेको ठहर अदालतले गरेको छ।‘म स्पष्ट पार्न चाहन्छु, कुनै एक धर्मलाई नबिगार्नुहोस्, कुनै पनि धर्मको गलत व्याख्या नगर्नुहोस्,’ न्यायाधीशले भनेका छन्।

फिल्ममा हनुमानको संवादलाई लिएर निकै विवाद भएको थियो। दर्शकले टपोरी संवाद भनेका छन्। प्रभास र कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ रिलिज भएदेखि नै विवाद चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .