ad ad

राजनीति


गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्नु हुँदैन : सांसद कार्की

गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्नु हुँदैन : सांसद कार्की

नेपालखबर
असार १२, २०८० मंगलबार १९:५२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताएका छन्।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताए। 

‘अहिले हामीले जुन गठबन्धन बनाएका छौँ, यो गठबन्धनलाई ५ वर्ष, केवल सरकार चलाउन, यो गठबन्धन जुन उद्देश्यका साथ निर्माण भएको थियो, बीचमा अलिकति गडबढ पनि भयो,’ उनले भने, ‘अहिले ठिक ट्रयाकमा छ।यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ।’

यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्ने उनले बताए। इतिहासले दिएको जिम्मेवारी र जनताको चाहनाअनुसार गठबन्धन चलिरहेको बताए।

‘इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो। जनताको चाहना पनि त्यही हो । गठबन्धनको सम्बन्धमा अहिले हामीले नयाँ किसिमको कन्फ्युजन क्रिएट गरेर मुलुकलाई दुविधिमा राख्नु हुँदैन,’ उनले भने।

सांसद कार्कीले इतिहासले दिएको जिम्मेवारीअनुसार नै सरकारले काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .