ad ad

राजनीति


जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा कांग्रेसले सोच्न सक्दैन : प्रमुख सचेतक लेखक

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा कांग्रेसले सोच्न सक्दैन : प्रमुख सचेतक लेखक

नेपालखबर
असार १२, २०८० मंगलबार १९:१५, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा सम्भव हुन नसक्ने बताएका छन्। 

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

उनले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताए। 

‘सरकारले यो कुरा पटपटक भनेको पनि हो। निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भनेको छ। निर्वाचन आयोगका कुराहरु सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन,’ उनले भने, ‘नेपाली कांग्रेसका लागि यो कुरा सह्य हुँदैन। हामी राज्य, सरकार र निर्वाचन आयोग बाहेकका निकायले निर्वाचन सञ्चालन गर्नुपर्छ, निर्वाचनमा अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ, भन्ने मान्यता नै राख्ने पार्टी होइनौँ।’

उनले निर्वाचन आयोगका कुनैपनि कार्यालय सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने बताए। उनले कांग्रेस अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी नभएको बताए।

‘कुनैपनि घटनालाई अतिरञ्जित गराउनु हुँदैन, अहिलेको सरकारमा कांग्रेस छ, कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्छ । त्यसका उदाहरण प्रशस्त छन्, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने।

प्रमुख सचेतक लेखकले कुनैपनि घटना निष्पक्ष, स्वतन्त्र, पूर्वाग्रहीरहीत ढंगबाट छिनोफानो हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .