ad ad

राजनीति


मन्त्रिपरषद्को निर्णय : सात स्थानलाई औद्योगिक ग्राम घोषणा

मन्त्रिपरषद्को निर्णय : सात स्थानलाई औद्योगिक ग्राम घोषणा

नेपालखबर
असार १२, २०८० मंगलबार १८:४६, काठमाडौँ

सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार कालिकोटका दुईसहित सात स्थानमा नयाँ औद्योगिक ग्राम बनाउने निर्णय भएको हो।

कहाँ कहाँ? 

  • रास्कोट नगरपालिका-६ कालीकोट
  • नरहरिनाथ गाउँपालिका-२ कालीकोट
  • राप्तीसोनारी गाउँपालिका-४ बाँके
  • रम्भा गाउँपालिका-३ पाल्पा, 
  • शीतगंगा गाउँपालिका-१३ अर्घाखाँची
  • जगरनाथपुर गाउँपालिका-५ पर्सा 
  • महागढीमाई नगरपालिका-५ बारा 

अन्य दुई निर्णय
मंगलबारकै मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरेको छ।

बैठकले लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .