जनता समाजवादी पार्टी (जसपा) को जारी विधान अधिवेशनमा आजबाट समूहगत छलफल हुँदैछ। अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आजबाट समूहगत छलफल हुन लागेको हो।
छलफलका लागि १० वटा समूह विभाजन गरिएको छ। आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको विधानमा आजबाट समूहगत छलफल हुन लागेको प्रचार विभागले जनाएको छ।
केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरूले समूहगत छलफल गर्न लागेका हुन्।
30
Shares
प्रतिक्रिया