ad ad

राजनीति


माधव नेपालको आशंका : ओलीले प्रचण्ड सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदैछन्

माधव नेपालको आशंका : ओलीले प्रचण्ड सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदैछन्

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८० शुक्रबार १८:४८, काठमाडौँ

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन सरकार ढाल्ने प्रयासमा रहेको बताएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष ओली चलखेलमा लागेको उनले दाबी गरे। 

‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकता बनाउन चाहेन’, उनले भने, ‘केपी ओलीले कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेका छन्, सुन्नुभएको छ होइन?’

नेपालले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको दाबी पनि गरेका छन्। 

‘कस्तो विडम्बना, त्यो कम्युनिस्ट पार्टीको चरित्र कस्तो होला? जुन पार्टीका नेताले कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको सरकार ढाल्न खोज्दैछन्। दलाल पुँजीवादसँग, उदार पुँजीवाद र उदार समाजवादसँग आफूलाई जोडेका शेरबहादुरलाई अघि बढाउन खोजेका छन्। त्यसका लागि ओलीले अनेक प्रयास गरिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .