ad ad

राजनीति


सरकारलाई अमरेश सिंहको प्रश्न : निजगढ एयरपोर्ट भैंसी चराउन बनाउन लागेको हो?

सरकारलाई अमरेश सिंहको प्रश्न : निजगढ एयरपोर्ट भैंसी चराउन बनाउन लागेको हो?

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८० शुक्रबार १४:४८, काठमाडौँ

प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले यस्तो बताएका हुन्। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न  नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो। 

उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको बताउँदै विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको उल्लेख गरे। 

सांसद सिंहले के भैंसी चराउन निजगढ विमानस्थल बनाउन लागिएको हो? भनेर सरकारलाई प्रश्न समेत गरे।

‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। यता दुई इन्टरनेशनल एयरपोर्ट चल्न सकिरहेका छैनन्। अर्को निजगढ एयरपोर्टको आवश्यकता किन? खाली फाष्ट ट्रयाक जोड्न एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन', उनले भने, 'त्यसकारण विदेशीको ऋण लिएर एयरपोर्ट बनाउने काम बेठिक छ। अहिले भनिएको छ, निजगढ एयरपोर्ट बनाउने। के त्यहाँ भैंसी चराउन एयरपोर्ट बनाउने? मधेशमा भैँसी धेरै पाउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .