ad ad

बागमती


गल्छी बस दुर्घटनामा एक जनाको मृत्यु, १९ घाइते

अवरुद्ध राजमार्ग खुल्यो
गल्छी बस दुर्घटनामा एक जनाको मृत्यु, १९ घाइते

नेपालखबर
असार ८, २०८० शुक्रबार १४:५६, काठमाडौँ

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डिएसपी गौतम मिश्रका अनुसार भारतको राजस्थान २ की १२ वर्षीया कल्पना पारिखको मृत्यु भएको हो। 

एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएको थियो। दुर्घटनामा १९ जना घाइते भएका छन्।

उनीहरूको गल्छीमै रहेको भरोसा हस्पिटलमा उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी मिश्रले जानकारी दिए।

घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

बस सडकमै पल्टिएको कारण राजमार्ग केहीबेर अवरुद्ध भएकोमा क्रेनको सहायताले उक्त दुर्घटनाग्रस्त बस साइड लगाएपछि हाल एकतर्फी सवारी सञ्चालन भएको डिएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .