ad ad

राजनीति


धनगढीमा मन्त्री सिंहलाई अन्तिम श्रद्धाञ्जली दिइयो, अब बझाङ लगिने

धनगढीमा मन्त्री सिंहलाई अन्तिम श्रद्धाञ्जली दिइयो, अब बझाङ लगिने

श्रद्धाञ्जली दिँदै मुख्यमन्त्री कमल शाह। तस्बिर : नेपालखबर


नेपालखबर
असार ६, २०८० बुधबार १२:४२, कञ्चनपुर

सडक दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि  कैलालीको धनगढी रंगशालामा राखिएको छ। 

प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्नका लागि दिवगत मन्त्री सिंहको शव बुधबार बिहान धनगढी रंगशालामा राखेको हो। 

मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा सर्वसाधारणले धनगढी रंगशालामा दिवगत मन्त्री सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरे।

राजकीय सम्मानसहित मन्त्री सिंहको शरीरमाथि श्रद्धाञ्जली अर्पण गरिएको हो।

धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका सिंहको शव गृहजिल्ला बझाङ लगिनेछ।

मंगलबार दिउँसो बझाङको केदारस्युँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटनामा हुँदा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो।

दुर्घटनामा घाइते चालक र पीएसओको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .