ad ad

राजनीति


समाजवादी मोर्चा वृद्धहरूको क्लव : योगेश भट्टराई

समाजवादी मोर्चा वृद्धहरूको क्लव : योगेश भट्टराई

नेपालखबर
असार ५, २०८० मंगलबार १९:३, काठमाडौँ

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लव भएको बताएका छन्।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन्। उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे।

उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताए। उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए।

उनले भने, ‘समाजवादी मोर्चा भनेर बनाउनुभएको छ, समाजवादको धारणाप्रति नै उहाँहरुको एकरुपता छ त? समाजवादमा पुग्ने बाटोमा एकरुपता छ त? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ? तरिका एउटै हो? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ? संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ। कस्तो मोर्चा हुन्छ त्यो? यो प्रौढहरुको क्लव हो। यसमा इतिहासको बखान हुन्छ। मेरो पालमा यो, मेरो पालामा यो। यो बुढाहरुको क्लव हो। भविष्यको सपना केही पनि छैन। समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन्। मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन्।’

सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटीहरु भइरहेको बताए। उनले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताए। उनले छलफलमा मन्त्रीहरु नआएको भन्दै सरकार सदनप्रति जवाफदेही बन्न नसकेको बताए।

सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरु असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .