ad ad

राजनीति


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आठबुँदे सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आठबुँदे सम्भावित कार्यसूची

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १०:४६, काठमाडौँ

आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।

संघीय संसद् सचिवालयका अनुसार बानेश्वरस्थित संसद् भवनमा बैठक बिहान ११ बजे सुरु हुनेछ। 

आजको बैठकका लागि ८ बुँदे सम्भावित कार्यसूची तय गरिएको छ। 

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत  सहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विषयमा छलफल हुनेछ। 

यस्तै गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

यसैगरी प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा ठाकुरप्रसाद गैरेले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने सूर्यबहादुर थापा क्षेत्रीले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

यसैगरी डा. स्वर्णीम वाग्लेले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने प्रभु साहले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा जुलीकुमारी महतो (महासेठ) ले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। 

हेर्नुहोस् सम्भावित कार्यसूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .