राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्याहरू समाधान गरी समयमा नै सम्पन्न गर्ने कार्ययोजना बनाउन सरकारलाई दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ।
आइतबार बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय गौरवका कायोजनाको विषयमा छलफल पश्चात सरकारलाई यस्तो निर्देशन दिएको हो।
समिति सभापति प्रकाश पन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवका कायोजनाका समस्या समाधान गरी समयमा नै सम्पन्न गर्न छुट्टै कार्ययोजना बनाउन आग्रह गरे।
उनले राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्नेगरी आयोजना विशेषको कार्ययोजना बनाउन आवश्यक रहेको बताए।
आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुनसक्ने भन्ने विषय समेटेर कार्ययोजना बनाउनु पर्ने उनले बताए।
‘राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न आयोजनामा देखापरेका समस्या हल गर्नेगरी आयोजना विशेषको कार्ययोजना बनाउने र
आयोजना कार्यान्वयनको लागि आवश्यक पर्ने नीतिगत सुधार केके हुन सक्छन्,’ उनले भने, ‘तहगत मन्त्रालयगत समन्वयका आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिन चाहन्छु।’
उनले मन्त्रालय गत आधारमा स्थानीय र प्रदेश सरकारसँग कसरी गर्न समन्वय गर्न सकिन्छ भन्ने कार्ययोजना बनाउन निर्देशन दिने बताए।
उनले मन्त्रिपरिषद् कार्यालय र समिति सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।
Shares

प्रतिक्रिया